शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता

शुक्रबार, २६ असार २०८३, २३ : ५९
शुक्रबार, २६ असार २०८३

सारांश

  • केरलमा पहिरो जाँदा सात जनाको मृत्यु भएको छ।
  • अधिकारीहरूले शुक्रबार एक शव बरामद भएको जानकारी दिए।
  • अझै एक जना बेपत्ता छन्।

काठमाडौँ । भारतको दक्षिणी राज्य केरलमा पहिरो जाँदा ज्यान गुमाउनेको सङ्ख्या ७ जना पुगेको उद्धारकर्ताहरूले जनाएका छन् । घटना स्थलबाट एउटा शवको बरामद गरिसकेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

पछिल्लो उद्धार प्रयास पछि १ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् ।

केरलाको राजधानी सहर तिरुअनन्तपुरमबाट करिब ४८८ किलोमिटर उत्तरमा वायनाड जिल्लाको कल्लाडीमा रहेको मीनाक्षी पुल नजिकै मङ्गलबार भारी वर्षाको कारण पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरूका अनुसार मलप्पुरम र वायनाड जिल्लाहरूलाई जोड्ने अनक्कम्पोयिल–मेप्पाडी टनेल सडक परियोजना नजिकै पहिरो गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप