शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)

शनिबार, २७ असार २०८३, ०७ : १९
शनिबार, २७ असार २०८३

सारांश

  • सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर गएरातिको वर्षाको कारण जलमग्न भएको छ ।
  • पीडितहरूले रातभर पानीमा डुब्दा समेत सरकार र सुरक्षाकर्मीले कुनै सहयोग नगरेको आरोप लगाएका छन् ।
  • उनीहरूको उद्धारको लागि बिहान मात्र सुरक्षाकर्मी पुगेका थिए ।

काठमाडौँ । सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न बनेको छ । गएरातिको वर्षाको कारण सो क्षेत्र जलमग्न भएको हो । 

पीडितहरूले रातभर पानीमा डुब्दा समेत सरकार र सुरक्षाकर्मीले कुनै सहयोग नगरेको आरोप लगाएका छन् । 

Holding center kirtipur (2)

'खोला किनारबाट उठाएर खोलामै ल्याएर राख्यो । हाम्रो यो अवस्थाबारे तिम्रो कालो चस्माले देख्छ सरकार ?' पीडितले भनेका छन् । उनीहरूको उद्धारको लागि बिहान मात्र सुरक्षाकर्मी खटिएका थिए । 

Holding center kirtipur (3)

उक्त टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरेको छ। अन्य ६ जना आफन्त वा नजिकैको होस्टलमा बस्न गएका छन् भने ९४ जनाले अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन्।

Holding center kirtipur (4)Holding center kirtipur (5)Holding center kirtipur (6)Holding center kirtipur (7)Holding center kirtipur (8)Holding center kirtipur (9)Holding center kirtipur (10)Holding center kirtipur (11)Holding center kirtipur (12)Holding center kirtipur (13)Holding center kirtipur (14)Holding center kirtipur (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप