बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
सारांश
- चर्चित कमेडियन प्रभात लामाले सामाजिक सञ्जालमा देखिएको 'अन्धभक्त' प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्।
- उनले प्रधानमन्त्री बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरूले गर्ने बचाउको शैलीलाई तुलना गर्दै आक्रोश व्यक्त गरेका हुन्।
- लामाले गणेश नेपालीको सन्दर्भलाई लिएर दुवै पक्षका समर्थकहरूलाई 'एउटा झोले र अर्को झोले प्रोम्याक्स' भन्दै टिप्पणी गरेका छन्।
काठमाडौँ । चर्चित कमेडियन प्रभात लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको ‘अन्धभक्त’ प्रवृत्तिमाथि कडा प्रहार गरेका छन्। प्रधानमन्त्री बालेन शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरूले गर्ने बचाउको शैलीलाई तुलना गर्दै लामाले आक्रोश व्यक्त गरेका हुन्।
दुःखद घटना गणेश नेपालीको सन्दर्भलाई लिएर सामाजिक सञ्जालमा भइरहेको बहसका विषयमा लामाले दुवै एउटै भएको बताएका छन् । उनले हिजोका दिनमा केपी ओलीका कमजोरी लुकाउने र आज बालेन शाहका कमजोरी ढाकछोप गर्ने एउटै भएको टिप्पणी गरेका छन्।
आफ्नो फेसबुक पोस्टमा लामाले लेखेका छन्, `हिजो केपी ओलीले गोली हानेको हो र? भनेर बचाऊ गर्ने र आज बालेनले आगो लगाको हो र ? भनेर बचाऊ गर्ने दुवै एउटै हो। फरक यत्ति हो एउटा ‘झोले’ र अर्को ‘झोले प्रोम्याक्स’ हुन्।´
उनले गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरू)
-
उनी स्वयंले खेलिरहन चाहेसम्म मेस्सी विश्वकै उत्कृष्ट खेलाडी रहिरहनेछन् : प्रशिक्षक स्कालोनी
-
कपाल कति पटक कोर्ने ?
-
पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
-
एप्पल र ओपनएआईबिच कानुनी युद्ध : गोप्य सूचना र प्रविधि चोरी गरेको आरोपमा मुद्दा दर्ता
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र, ६४८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण