कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनाका चालक सुवेदीको शव ९ दिनपछि भेटियो
सारांश
- कर्णाली राजमार्गको साङ्गेतडा दुर्घटनामा बेपत्ता चालक तुलाराम सुवेदीको शव दुर्घटनाको ९ दिनपछि कर्णाली नदीको किनारमा फेला परेको छ ।
- पश्चिम सुर्खेतका चालक सुवेदीको शव उनका बुबाले पहिचान गरी बुझेका छन्, तर उनका भाइ तथा सहचालक रामप्रसाद सुवेदीको अवस्था अज्ञात छ ।
- गत असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको फोर्स गाडी साङ्गेतडा क्षेत्रमा दुर्घटना भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो ।
सुर्खेत । असार १८ गते बिहीबार कर्णाली राजमार्ग अन्तर्गतको साङ्गेतडा दुर्घटनाका चालकको ९ दिनपछि शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले चालक तुलाराम सुवेदीको शव भेटिएको बताए ।
उनका अनुसार, उनको शव शनिबार बिहान ७ बजेको समयमा अछामको तुर्माखाँद गाउँपालिका- २ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका- ८ माझिगाउँ निवासी सुवेदीको शव उनका बुबाले पहिचान गरी बुझेका छन् । साङ्गेतडा घटनामा बेपत्ता भएका उनका भाइ तथा गाडीका सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ ।
असार १८ गते बिहीबार बिहान ११ः ३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।
गाडीमा ५ जना सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए ।
दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यस्तै, गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९, का मेगे तिरुवाको शव गत सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो।
त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव मंगलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो ।
अझै एक जना र गाडीको अवस्था भने अज्ञात नै रहेको प्रहरीले जनाएको छ । गाडी र यात्रुको खोजीका लागि ३ वटै सुरक्षा निकायका अधिकारी सक्रिय रहे पनि पत्ता लगाउन सकेका छैनन् ।
गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण