छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सारांश
- कपिलवस्तु, दाङ र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
- कपिलवस्तुमा अनियन्त्रित भई सडकमा दुर्घटना भएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
- दाङमा अनियन्त्रित भई दुर्घटना भएको अटोमा सवार एक यात्रुको उपचारका क्रममा मृत्यु भएको छ भने नवलपरासीमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौँ । कपिलवस्तु, दाङ र नवलपरासी पश्चिममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पर्सहियास्थित सडकमा भैसहियाबाट पर्सैहियातर्फ जाँदै गरेको युपि ५५ एएम ८९७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक १८ वर्षीय ईरसाद खानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सोही गाउँपालिका–६ भैसहिया बस्ने खानको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसै गरी दाङको बबई गाउँपालिका–५ सानी ओकालीस्थित सडकमा हापुरेबाट बबरपुरतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ह ११०५ नम्बरको अटो अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अटोमा सवार सोही गाउँपालिका–६ पन्चकुले बस्ने ३५ वर्षीय थमन भण्डारी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य दुई जनामध्ये एक जनाको गोपाल सागर हस्पिटल नेपालगञ्ज बाँके र अर्का एक जनाको गुप्ता मेडिकल तुलसीपुरमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यता नवलपरासी पश्चिमको सरावल गाउँपालिका–१ हर्कट्टास्थित सडकमा लु.२ ख ४३३ नम्बरको ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनवल नगरपालिका–१२ हर्कट्टा बस्ने ७० वर्षीय रामु रेग्मी रहेका छन्। शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त ट्रक ग.१ क.२९६५ नम्बरको ट्रकमा ठक्कर खाई अनियन्त्रित भएर पैदलयात्री रेग्मीलाई समेत ठक्कर दिन पुगेको थियो। प्रहरीले दुवै ट्रकका चालकलाई नियन्त्रणमा लिएको छ।
यी सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण