पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुजा बास्तोलालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।
- सोम शर्माले उजुरी दिएपछि बास्तोलालाई जिम्मेवारीबाट हटाइएको थियो ।
- बढी मत ल्याएका कारण सोम शर्मालाई केन्द्रीय सदस्यमा निर्वाचित गर्ने निर्णय भएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुजा बास्तोलालाई १२ दिनमै केन्द्रीय सदस्यबाट हटाएको छ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सोम शर्माले उजुरी दिएपछि बास्तालालाई उक्त जिम्मेवारीबाट हटाइएको हो ।
चितवनमा भर्खर सम्पन्न प्रथम महाधिवेशनबाट प्रतिस्पर्धीको भन्दा बढी अङ्क ल्याएर पनि केन्द्रीय सदस्य नबनाइएकोमा उनले असन्तुष्टि पोखेकी पोखेकी थिइन् । आयोगले सार्वजनिक गरेको मतअनुसर शर्माले ९९३ र बास्तोलाले ९१३ मत प्राप्त गरेका थिए ।
बास्तोलाले केन्द्रीय निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै अदालत जाने चेतावनी समेत दिएकी थिइन् । असार १५ गते आयोगको बैठकले शर्मालाई हटाएर फेरि बास्तोलालाई निर्वाचित घोषणा गरेको थियो ।
बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रहेका शर्माले आफूलाई हटाएकोमा असन्तुष्टि जनाउँदै आयोगमा उजुरी दिएका थिए ।
उजुरी पश्चात् आयोगले निर्वाचित केन्द्रीय सदस्यको सूची संशोधन गर्दै शर्मालाई नै केन्द्रीय सदस्यमा निर्वाचित भएको घोषणा गरेको छ । शर्मा र बास्तोलाले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । बढी मत ल्याएर पनि समावेशी सन्तुलनका कारण छुटेको गुनासो आएपछि आयोगले शर्मालाई नै केन्द्रीय सदस्य बनाएको जिकिर गरेको छ ।
‘बढी मत ल्याएका कारण सोम शर्मालाई केन्द्रीय सदस्यमा निर्वाचित गर्ने निर्णय गरेको हो । पछिल्लो संशोधन अनुसार नै निर्वाचन आयोगमा अद्यावधिक गर्छौँ’ आयोगका उपप्रमुख राम गुरुङले रातोपाटीलाई बताए ।
संशोधित सूचीअनुसार गण्डकी प्रदेशबाट निर्वाचित बास्तोला बाहिरिएकी छिन् । सांसद शर्माले अवसर पाएका छन् ।
प्रत्येक प्रदेशबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित हुने रास्वपाको विधानमा व्यवस्था छ । संशोधित विधान अनुसार गण्डकी प्रदेशबाट पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, सोम शर्मा र विष्णु कुमारी गुरुङ (एकता) निर्वाचित भएका छन् । विवादका कारण शर्मा र बास्तोलालाई असार १७ गते सभापति रवि लामिछानेले शपथ गराएका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण