अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
सारांश
- अमेरिकी सेनाले आइतबार बिहान इरानका करिब १४० वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ ।
- यस साताभित्र गरिएको तेस्रो चरणको सैन्य कारबाहीमा इरानका मिसाइल तथा ड्रोन अड्डा, नौसैनिक क्षमता, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार सञ्जाल तथा तटीय निगरानी स्थलहरूलाई निशाना बनाइएको थियो ।
- अमेरिकी राष्ट्रपतिको निर्देशनमा इरानको व्यापारिक जहाज र नागरिक जलयात्रामाथि आक्रमण गर्ने क्षमता कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको बताइएको छ ।
वाशिङटन डीसी । अमेरिकी सेनाले आइतबार बिहान इरानका करिब १४० वटा सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ । यो यस साताभित्र गरिएको तेस्रो चरणको सैन्य कारबाही हो । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार आक्रमणमा इरानका मिसाइल तथा ड्रोन अड्डा, नौसैनिक क्षमता, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार सञ्जाल तथा तटीय निगरानी स्थलहरूलाई निशाना बनाइएको थियो ।
सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा यस साताको तीन रातसम्म सञ्चालन गरिएका आक्रमणमा ३०० भन्दा बढी लक्ष्य ध्वस्त पारिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपतिको निर्देशनमा इरानको व्यापारिक जहाज र नागरिक जलयात्रामाथि आक्रमण गर्ने क्षमता कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको बताइएको छ ।
यसअघि सेन्टकमले स्टे«ट अफ होर्मुज हुँदै गुडिरहेको एक कन्टेनर जहाजमाथि भएको घटनापछि पछिल्लो आक्रमण गरिएको बताएको थियो । उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले भने अनधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलडमरूमध्य पार गर्न खोजेको जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरिएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण