पूर्व गृहसचिव पद्मप्रसाद पोखरेलको निधन
आइतबार, २८ असार २०८३, ११ : २४
सारांश
- गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको उपचारको क्रममा निधन भएको छ ।
- पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए ।
- उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन् ।
काठमाडौँ । गृह मन्त्रालयका पूर्वसचिव पद्मप्रसाद पोखरेलको निधन भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको निधन भएको पारिवारिक सदस्यहरूले बताएका छन् ।
पोखरेल २०५५ वैशाखदेखि २०५७ कात्तिकसम्म गृह मन्त्रालयको सचिवको रूपमा कार्यरत थिए । उनका १ छोरा र ३ छोरी छन् । उनी पूर्व आईजीपी सर्वेन्द्र खनालका ससुरा हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण