बंगलादेशमा बाढी र पहिरोबाट ४४ जनाको मृत्यु, १० लाखभन्दा बढी प्रभावित
सारांश
- बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा लगातारको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
- विपद् व्यवस्थापन मन्त्रालयका अनुसार सात जिल्लामा बाढीले ठूलो क्षति पुर्याएको छ, जसले गर्दा २ लाख ६७ हजार ९१८ घरपरिवार विस्थापित वा फसेका छन् ।
- सडक सञ्जाल र सञ्चार अवरुद्ध भएकाले राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको छ, यद्यपि सेनाले डुंगामार्फत अत्यावश्यक सामग्री पुर्याइरहेको छ ।
ढाका । लगातारको मनसुनी वर्षापछि आएको बाढी र पहिरोका कारण बंगलादेशको दक्षिणपूर्वी क्षेत्रमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ भने १० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।
रोयटर्सका अनुसार बंगलादेशको विपद् व्यवस्थापन मन्त्रालयले सात जिल्लामा बाढीले ठुलो क्षति पुर्याएको जनाएको छ । प्रभावित जिल्लामा चट्टोग्राम, कक्स बजार, बन्दरबन, रंगामाटी, खग्राछरी, मौलवीबजार र हबिगञ्ज रहेका छन् ।
मन्त्रालयका अनुसार बाढीका कारण २ लाख ६७ हजार ९१८ घरपरिवार विस्थापित वा फसेका छन् । हजारौँ परिवार बाहिरी सम्पर्कबाट टाढिएका छन् भने दैनिक जीवन पूर्ण रूपमा प्रभावित भएको छ । धेरै घर डुबानमा परेकाले मानिसहरूलाई खाना पकाउन समस्या भएको छ । कतिपय घरमा बाक्लो हिलो जमेकाले भान्सा र बस्ने ठाउँ प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् ।
चट्टोग्रामका स्थानीय बासिन्दा नुरुल इस्लामले भने– ‘हाम्रो घरभित्र अझै पानी छ, खाना पकाउने कुनै उपाय छैन । भएको सुख्खा खाना सकिएको छ, बिजुली नभएकाले बच्चाहरूसँग अन्धकारमा रात बिताउनुपरेको छ’ ।
बाढी प्रभावित हजारौँ परिवार अहिले चिउरा, मुरमुरा, बिस्कुटजस्ता सुख्खा खाना र आपतकालीन राहतमा निर्भर छन् । तर सडक बग्नु, पुल क्षतिग्रस्त हुनु र सञ्चार अवरुद्ध हुनुले राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको छ ।
बंगलादेशी सेनाले डुंगामार्फत पानी, औषधि र अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याइरहेको जनाएको छ । सरकारले राहत तथा उद्धार कार्यलाई तीव्र बनाएको भए पनि धेरै दुर्गम बस्तीमा सहायता पुग्न अझै चुनौती रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन हिचकिचाउनेले दलाई लामाको जन्मजयन्ती मनाउन अनुमति दिए : दुर्गा प्रसाईँ
-
अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण
-
दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रिया गरियाे
-
देशका विभिन्न जिल्लामा सवारी दुर्घटना : सात जनाको मृत्यु
-
विद्यालयको चुनावमा शिक्षा अधिकृतमाथि कालो मोबिल खन्याएर दुर्व्यवहार
-
विभिन्न जिल्लाबाट लागूऔषधसहित ३६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण