अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
सारांश
- अमेरिकी रिपब्लिकन पार्टीका वरिष्ठ सिनेटर लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ ।
- स्वास्थ्य समस्याका कारण निधन भएका ग्राहम २००२ देखि अमेरिकी सिनेटमा निर्वाचित हुँदै आएका थिए ।
- विदेश नीतिमा प्रभावशाली मानिने ग्राहम इराक आक्रमणका समर्थक र इरानविरुद्ध सैन्य कारबाहीका पक्षधर थिए ।
वासिङ्टन डीसी । अमेरिकी रिपब्लिकन पार्टीका वरिष्ठ सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ छोटो र अचानक देखिएको स्वास्थ्य समस्याका कारण ग्राहमको निधन भएको उनको कार्यालयका सञ्चार निर्देशकले जानकारी दिएका छन् ।
परिवारले यस दुःखद घडीमा गोपनीयताको सम्मान गर्न र प्रार्थना गर्न आग्रह गरेको छ । लिन्ड्से ग्राहम सन् २००२ मा पहिलो पटक अमेरिकी सिनेटमा निर्वाचित भएका थिए । त्यसपछि उनी २००८, २०१४ र २०२० मा पुनः निर्वाचित भए ।
यसअघि उनले १९९४ देखि दक्षिण क्यारोलिनाको तेस्रो निर्वाचन क्षेत्रबाट अमेरिकी प्रतिनिधिसभाका सदस्यका रूपमा पनि सेवा गरेका थिए । ग्राहम हालै सिनेट बजेट समितिका अध्यक्ष पनि थिए । साथै उनले सिनेट विनियोजन समिति, सिनेट न्यायिक समिति र सिनेट वातावरण तथा सार्वजनिक निर्माण समितिमा पनि सदस्यका रूपमा काम गरेका थिए ।
विदेश नीतिमा उनी निकै प्रभावशाली मानिन्थे । उनले सन् २००३ मा इराकमाथिको अमेरिकी आक्रमणलाई समर्थन गरेका थिए र लामो समयदेखि इरानविरुद्ध सैन्य कारबाहीको पक्षमा उभिएका थिए । उनी इजरायलका बलिया समर्थक मानिन्थे र राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसम्बन्धी नीतिलाई पनि समर्थन गर्दै आएका थिए । इजरायलको रक्षा मन्त्रालयले ग्राहमको निधनप्रति दुःख व्यक्त गर्दै कठिन समयमा इजरायलको साथमा उभिने नेताको रूपमा उनको स्मरण गरेको छ ।
सन् २०१६ मा ग्राहकले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारीका लागि प्रयास गरेका थिए । प्रारम्भमा ट्रम्पका आलोचक रहेका ग्राहम पछि अमेरिकी कङ्ग्रेसमा ट्रम्पका सबैभन्दा निकट सहयोगीमध्ये एक बने ।
राजनीतिमा आउनुअघि ग्राहमले अमेरिकी वायुसेनाका कानुनी अधिकृतका रूपमा छ वर्षभन्दा बढी सेवा गरेका थिए । त्यसपछि उनी सन् १९९५ मा वायुसेनाको रिजर्भ फोर्समा आबद्ध भएका र करिब २० वर्ष सेवा गरेपछि कर्नेल पदबाट अवकाश लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण