ओमानमा पनि ड्रोन आक्रमण
आइतबार, २८ असार २०८३, १४ : २३
सारांश
- अमेरिका र इरानबीच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ ।
- ओमान समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुसन्दम गभर्नरेटका केही स्थानमा ड्रोन आक्रमण भएको जनाएको छ ।
- ती ड्रोन कहाँबाट प्रहार गरिएका थिए भन्नेबारे भने जानकारी दिइएको छैन ।
मस्कट । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ । ओमान समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुसन्दम गभर्नरेटका केही स्थानमा ड्रोन आक्रमण भएको जनाएको छ ।
ती ड्रोन कहाँबाट प्रहार गरिएका थिए भन्नेबारे भने जानकारी दिइएको छैन । मुसन्दम गभर्नरेट स्टेट अफ होर्मुजसँग जोडिएको रणनीतिक क्षेत्र हो । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणको प्रतिशोधस्वरूप ओमान र जोर्डनका केही सैन्य लक्ष्यमा इरानी सेनाले आक्रमण गरेको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण