गौरवका आयोजनाहरूको लागत वृद्धि प्रति सांसद जगदीश खरेलको आपत्ति
सारांश
- सांसद जगदीश खरेलले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्य प्रगतिमा चिन्ता व्यक्त गरेका छन्।
- उनले बुढीगण्डकी जलविद्युत आयोजनाको १३ वर्षमा १० प्रतिशत मात्र प्रगति भएकोमा प्रश्न उठाएका छन्।
- खरेलले माथिल्लो तामाकोशी आयोजनालाई भर्ती केन्द्र बनाइएको र टुक्रे बजेटले काम नहुने भन्दै आपत्ति जनाएका छन्।
काठमाडौँ । सांसद जगदीश खरेलले राष्ट्रिय गौरवका आयोजनाहरूको कार्य प्रगति प्रति चिन्ता व्यक्त गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद खरेलले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
उनले विशेष गरी बुढीगण्डकी जलविद्युत आयोजनाको दुरावस्थालाई लिएर उनले राष्ट्रिय योजना आयोग र सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। ‘बुढीगण्डकी आयोजना सुरु भएको १३ वर्ष भयो, तर अहिलेसम्म जम्मा १० प्रतिशत मात्र प्रगति छ। अबको ५ वर्षमा बाँकी ९० प्रतिशत काम कसरी सकिन्छ?,’ खरेलले प्रश्न गरे, ‘तपाईँहरूको रिपोर्टले जनतालाई ढाँटिरहेको छ। ५ वर्षमा अरू १० प्रतिशत पनि नसकिने अवस्थामा ९० प्रतिशतको सपना बाँड्नु गैरजिम्मेवारीपन हो।’
खरेलले माथिल्लो तामाकोशी आयोजनालाई भर्ती केन्द्र बनाइएको भन्दै आपत्ति जनाए। ४५६ मेगावाटको आयोजनाले हिउँदमा जम्मा ८० मेगावाट मात्र बिजुली दिने र ३२० जना कर्मचारी पाल्नुपर्ने अवस्थाले आयोजनाको वित्तीय स्वास्थ्य धराशायी बनाएको उनको तर्क थियो।
उनले थपे, ‘१४ लाख बजेट हालेर कुन सुरुङ खनिन्छ? यस्ता टुक्रे बजेटले काम होइन, खाजा खाने काम मात्र हुन्छ। गौरवका आयोजनालाई साँच्चिकै गौरव गर्ने बनाउन अनुगमन र प्राविधिक रूपमा सक्षम जनशक्ति परिचालन गर्नुस्।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण