टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
सारांश
- नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध २३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।
- पौडेलले सरकारी सेवामा प्रवेश गरेदेखि २०७९ फागुन मसान्तसम्म आर्जन गरेको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।
काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ सुरु भएको हो ।
२०८१ वैशाख ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै २३ करोड ७५ लाख ४६ हजार रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको थियो । अख्तियारले सुनिलका दाजु अनिल पौडेलविरुद्ध पनि सम्पत्ति जफतको माग राखेर मुद्दा दर्ता गरेको थियो ।
पौडेल पदमा रहँदा पारिश्रमिक, भत्ता, सेयरलगायत एक करोड १९ लाख २४ हजार ८ सय ४६ आयआर्जन गरेको अख्तियारको ठहर छ । यस्तै २४ करोड ९४ लाख ७१ हजार १७१ खर्च तथा लगानी गरेको देखिएको अख्तियारले उल्लेख गरेको छ । आम्दानी र खर्च अनुसार पौडेलको २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैयाँ बराबरको खर्च तथा सम्पत्ति अवैध देखिएको अख्तियारले जनाएको छ ।
पौडेल २०६१ जेठ २० मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको प्रशासकीय अधिकृतका रूपमा करारमा सेवा प्रवेश गरेका थिए । २०६२ माघ २८ सम्म उनी उक्त पदमा कार्यरत थिए । पछि २०६५ असार १२ मा पुनः करारमै नियुक्त पौडेल त्यसपछि निरन्तर सार्वजनिक पदमा बहाल थिए ।
त्यहीँबाट २०७८ चैत २४ मा उनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त भएका थिए । २०६१ मा सरकारी सेवामा बहाल रहेदेखि २०७९ फागुन ३० सम्ममा पौडेलले आर्जन गरेको सम्पत्तिमाथि अख्तियारले अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
-
नयाँ प्रणालीमार्फत राहदानी दिन सुरु
-
धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम
-
गण्डकी प्रदेशमा सर्पदंशका विरामी वृद्धि
-
नेपाल शिक्षक महासङ्घ आन्दोलनको तयारीमा
-
प्रधानमन्त्री बालेनले अपनाएको कूटनीतिक प्रोटोकल, मर्यादा र मौनता सकारात्मक छ : पूर्वराजदूत उपाध्याय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण