सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु

सोमबार, २९ असार २०८३, ११ : ५९
सोमबार, २९ असार २०८३

सारांश

  • राजधानीका तीन सञ्चार माध्यमका कार्यालयको गेटमा आज बिहानै शंकास्पद सवारी साधनहरू फेला परेका छन् ।
  • कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटअगाडि गाडीहरू बेवारिसे अवस्थामा भेटिएका हुन् ।
  • प्रहरीले ती सवारी साधनहरूको प्राविधिक जाँच र अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । राजधानीका तीनवटा सञ्चार माध्यमका कार्यालयको गेटमा आज बिहानै शंकास्पद सवारी साधनहरू फेला परेका छन् ।  कान्तिपुर टेलिभिजन, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालयको गेटैमा शंकास्पद रूपमा सवारी साधनहरू पार्किङ गरेर व्यक्तिहरू सम्पर्कबिहीन भएको सूचनासँगै प्रहरीले अनुसन्धान सुरु गरेको छ । 

कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय, अनलाइनखबरको बुद्धनगरस्थित कार्यालय र हिमालयन टेलिभिजनको पुरानो बानेश्वरस्थित कार्यालयको गेटअगाडि गाडीहरू बेवारिसे अवस्थामा भेटिएका हुन् । ती गाडीहरू कार्यालयभित्र जान-आउन नमिल्ने गरी गेटमै अड्याएर छाडिएको र तिनमा चाबीसमेत नभएको पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी पवन भट्टराईले प्रहरी टोलीले घटनास्थलमा पुगेर ती सवारी साधनहरूको प्राविधिक जाँच र अनुसन्धान गरिरहेको बताए । ती गाडीहरू कसले र किन त्यहाँ छाडेको हो भन्नेबारे सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप