सुनसरीमा प्रहरी साझेदारीबाट २१ हजार नागरिक लाभान्वित
सुनसरी । सुनसरीमा चालु आर्थिक वर्ष २०८२/८३ मा समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका पाइएको छ।
जिल्लामा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि असार अन्तिमसम्ममा ६६५ समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएकामा त्यसबाट ती नागरिक लाभान्वित भएको प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।
जिल्लाका विभिन्न पालिका तथा स्थानीय तहमा समुदाय प्रहरी साझेदारी समिति गठन गरी लागूऔषध, साइबर अपराध, घरेलु तथा लैङ्गिक हिंसा, मानव बेचबिखन, बालविवाह तथा बाल यौन दुर्व्यवहारविरूद्ध ७२ विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट चार हजार १८५ विद्यार्थी लाभान्वित भएको उनले जानकारी दिए।
त्यसैगरी लागूऔषधसम्बन्धी १८ विद्यालयमा सञ्चालन गरिएको कार्यक्रमबाट ९८२ जना तथा १०८ समुदायस्तरीय कार्यक्रममा तीन हजार ४४२ जना सहभागी भएको जानकारी दिइयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जरिवानाको रकम सिधै सरकारी राजस्वमा जान्छ, ट्राफिकले अतिरिक्त भत्ता पाउँदैनन् : नेपाल प्रहरी
-
अमेरिका–इरान तनाव चर्किँदा एक महिनाकै उच्च स्तरमा उक्लियो कच्चा तेलको भाउ
-
प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म विरोध कायमै राख्ने एमालेको घोषणा
-
संसदमा उठ्यो शङ्कास्पद गाडी पार्किङको विषय
-
शेख हमादको निधनमा शोक व्यक्त गर्न उपराष्ट्रपति यादव कतार जाँदै
-
खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण