मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन

मङ्गलबार, ३० असार २०८३, १४ : ४७
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ।  सभामुख डोलप्रसाद अर्यालले नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई निर्देशन दिएका छन् । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नागरिकले सास्ती बेहोर्नुपर्ने अवस्था आउन नदिन यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई विशेष निर्देशन दिए।

उनले मनसुन सुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। 

यस वर्षको मनसुन सुरु भइसकेको र बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेकोप्रति सरकारलाई सचेत गराए । उनले सम्भावित प्राकृतिक प्रकोपबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति कम गर्न पूर्वतयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिए । 

‘यस वर्षको मनसुन सुरु भई बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ अर्यालले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप