मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा विनियोजन विधेयकसहित तीन विधेयक प्रमाणीकरण

मङ्गलबार, ३० असार २०८३, १६ : ५१
मङ्गलबार, ३० असार २०८३

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका तीनवटा महत्त्वपूर्ण विधेयकहरू प्रमाणीकरण गरेका छन् । 

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले यी विधेयकहरू प्रमाणीकरण गरेका हुन् ।

मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा 'विनियोजन विधेयक, २०८३', 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' र 'आर्थिक विधेयक, २०८३' रहेका छन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार यी तीनै विधेयकहरू मंगलबार  प्रमाणीकरण गरिएका हुन् ।

संसद्का दुवै सदनको बैठकबाट पारित भई आएका यी विधेयकहरू राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अब औपचारिक रूपमा कार्यान्वयनको प्रक्रियामा जानेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप