ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले बैंकको ऋण र बेरोजगारीका कारण युवाहरूले आत्मदाह गर्ने क्रम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
- सांसद भाटले गणेश नेपाली जस्ता युवाहरू ऋण तिर्न नसकेर आत्मदाह गर्नुपर्ने पीडादायी घटना भएको र बैंक ऋण तथा वित्तीय ब्याजको तनावले दैनिक औसत १८ जनाले ज्यान गुमाउने स्थिति सिर्जना भएको बताए ।
- उनले सन् २०१० मा ट्युनिसियामा मोहम्मद बाउजिजीको आत्मदाहपछि भएको आन्दोलनको उदाहरण दिँदै सरकारले जनताको आक्रोश बुझ्न नसके देश गम्भीर सङ्कटमा धकेलिने चेतावनी दिए ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले बैंकको ऋण र वित्तीय मिटरब्याजको समस्याका कारण देशमा युवाहरूले आत्मदाह र आत्महत्या गर्ने क्रम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद भाटले ऋण र बेरोजगारीका कारण नागरिकहरू चरम मानसिक तनावमा परेको बताए ।
सांसद भाटले संसदमा बोल्दै गणेश नेपाली जस्ता युवाहरू बेरोजगारीका कारण काठमाडौँ आउनुपरेको र ऋण तिर्न नसकेर आत्मदाह गर्नुपर्ने पीडादायी घटना भएका बताए । ‘गणेश नेपालीको आत्मदाहपछि पनि अन्य तीन जना युवाले आत्महत्या गरिसकेका छन्,’ उनले भने, ‘नेपालमा बैंकको ऋण र वित्तीय ब्याजको मानसिक तनावका कारण दैनिक औसत १८ जनाले ज्यान गुमाउने स्थिति सिर्जना भएको छ। यसलाई तत्काल नरोकिए देश गम्भीर सङ्कटतर्फ धकेलिनेछ।’
उनले राप्रपाका तर्फबाट मजिद अन्सारीमाथि भएको कुटपिटको घटनामा समेत निष्पक्ष छानबिन गर्न माग गरे । सांसद भाटले सन् २०१० मा ट्युनिसियामा घटेको घटनाको उदाहरण प्रस्तुत गरे ।
२५ वर्षीय युवा मोहम्मद बाउजिजीले अनुमति बिना ठेलागाडामा तरकारी बेचेको भन्दै स्थानीय प्रशासनले दुःख दिएको, थप्पड हानेको र अपमान गरेको पीडा सहन नसकी उनले आत्मदाह गरेको प्रसङ्ग उनले उल्लेख गरे ।
‘बाउजिजीको मृत्युपछि ट्युनिसियामा भीषण आन्दोलन भयो, जसले १४ वर्षदेखि शासन गरिरहेका राष्ट्रपतिलाई पदच्युत गर्यो,’ उनले भने, ‘त्यो आगो इजिप्ट, लिबिया, यमन र सिरियासम्म फैलियो र २० देखि ३० वर्षसम्म शासन गरिरहेका तानाशाहरूलाई सत्ताच्युत हुन बाध्य पार्यो। सरकारले समयमै जनताको आक्रोश बुझ्न सकेन भने परिणाम यस्तै हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण