कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
बुधबार, ३१ असार २०८३, १६ : ११
सारांश
- कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपाको संसदीय दलको बैठक बसेको छ।
- बैठकमा समसामयिक विषयमा छलफल भइरहेको नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहले बताएका छन्।
- सत्ता गठबन्धन फेरिन सक्ने चर्चाका बीच बसेको यो बैठकलाई चासोपूर्वक हेरिएको छ।
सुर्खेत । बुधबार बिहान कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक बसेकाे छ ।
बुधबार अपराह्नदेखि कर्णाली प्रदेश संसदीय दलकाे बैठक सुरु भएकाे नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहले राताेपाटीलाई बताए। बैठकमा समसामयिक विषयमा छलफल भइरहेको उनले बताए ।
सत्ता गठबन्धन फेरिन सक्ने चर्चा गरिरहेका बेला बसेको विपक्षी दलको बैठकलाई चासोपूर्वक हेरिएको छ । आजै रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै नयाँ गठबन्धन बन्न सक्ने समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण