बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा

बिहीबार, ३२ असार २०८३, ११ : ३६
बिहीबार, ३२ असार २०८३

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोको स्वदेश फिर्ती नरोकिने बताएकाे छ ।  यस विषयमा विदेश विभागको नीति स्पष्ट रहेको उल्लेख गर्दै दक्षिण अमेरिकाका लागि उपसहायक सचिव लुइस मेन्डेजले अमेरिकाले मारिया कोरिनालाई स्वदेश फर्कन कुनै पनि बाधा नपुर्याउने बताएका हुन् । उनले तोकिएका सर्तहरु भने मान्नुपर्ने चेतावनी दिएका छन् ।

मचाडोले गत डिसेम्बरमा नर्वेमा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि भेनेजुएलाबाट बाहिर आएपछि आज सम्म स्वदेश नफर्केको जनाइएको छ । यसैबिच उनले भेनेजुएलाको सन्दर्भमा केही महत्वपूर्ण काम गर्न आवश्यक भएकाले स्वदेश फर्किँदै गर्दा कुनै अवरोध नगर्ने मेन्डेजले प्रष्ट पारेका छन् ।

गत जुन –२४ मा आएको विनाशकारी दोहोरो भूकम्प पछि, मचाडोले धेरै पटक काराकास फर्कने प्रयास गरेता पनि भेनेजुएलाको कूटनीतिक दबाबले उनको प्रयासलाई अवरुद्ध गरेको जनाइएको छ ।

अमेरिकी सरकारले अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई मचाडोलाई फर्कन अनुमतिको लागि सहजिकरण गर्न खोजेको हो भन्ने प्रश्नमा मेन्डेजले अधिकारीहरूसँग आवाश्यक समन्यव समेत गरेको जनाएका छन् ।

गत जनवरीमा तत्कालीन राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरे देखि सत्तामा रहेका छरोड्रिगेजले सरकारले अर्को महिना देखि विपक्षी दलका सदस्यहरूसँग भेट्ने योजना बनाएको उल्लेख गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप