सरकारबाट फिर्ता हुन कांग्रेस मन्त्रीको अटेरी, बैठकमा सहभागी भएनन्
सारांश
- कोशी सरकारबारे निर्णय लिन कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक सुरु भएको छ ।
- बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने सम्भावना छ ।
- मन्त्री प्रदीपकुमार सुनुवार बैठकमा अनुपस्थित रहे र उनले आफू संयन्त्रको बैठकमा सहभागी नहुने बताए ।
विराटनगर । कोशी सरकारबारे निर्णय लिन कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक सुरु भएको छ । बैठकले वर्तमान एमालेका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गर्ने सम्भावना छ ।
कांग्रेस कोशी प्रदेश सभापति तथा दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकमा उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसद अमृत अर्याल, गयानन्द मण्डल, मैयाँ श्रेष्ठलगायतको उपस्थिति छ । बैठकमा सरकारको नेतृत्व गर्दै सरकारमा सहभागी रहेका भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री प्रदीपकुमार सुनुवार भने अनुपस्थित रहेका छन् ।
उनले आफू संयन्त्रको बैठकमा सहभागी नहुने बताए । स्रोतका अनुसार काङ्ग्रेस सभापति गगन थापा नेतृत्वले दिएको निर्देशन नमान्ने अडानमा मन्त्रीहरू रहेको दाबी गरेको छ ।
सरकारमा काङ्ग्रेसका तर्फबाट पूर्वाधार मन्त्री सुनुवारसहित स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण