आमिर खानको तेस्रो विवाहलाई लिएर भारतमा विवाद: कतै पुत्ला दहन, कतै फतवा जारी
सारांश
- बलिउड अभिनेता आमिर खानले तेस्रो विवाहपछि 'लभ जिहाद' को आरोपको खण्डन गर्दै आफ्ना सबै विवाह कानुनी भएको र कुनै पनि पत्नीले धर्म परिवर्तन नगरेको स्पष्ट पारेका छन्।
- आमिरले आफ्नी तेस्रो पत्नी गौरी हिन्दु नभएर इसाई भएको र पारिवारिक धर्मनिरपेक्षताको उदाहरण दिँदै आफ्ना परिवारका सदस्यहरूको विवाहबारे पनि जानकारी दिएका छन्।
- आमिरको तेस्रो विवाहलाई लिएर भारतमा राजनीतिक तथा धार्मिक वृत्तमा विवाद खडा भएको छ, जस क्रममा कतै पुत्ला दहन गरिएको छ भने कतै फतवा जारी भएको छ।
मुम्बई । तेस्रो विवाह गरेपछि सामाजिक सञ्जालमा ‘लभ जिहाद’ को ब्रान्ड एम्बेसेडर भन्दै आलोचना खेपिरहेका बलिउड अभिनेता आमिर खानले ती आरोपहरूको खण्डन गर्दै स्पष्टीकरण दिएका छन्।
वेबसाइट रेडिफसँगको कुराकानीमा आमिरले आफ्ना तीनवटै विवाहहरू कानुनी विवाह भएकाले कुनै पनि पत्नीले धर्म परिवर्तन नगरेको स्पष्ट पारेका हुन्।
उनले आफ्नी तेस्रो पत्नी गौरी हिन्दु नभएर इसाई भएको समेत खुलासा गरे। पारिवारिक धर्मनिरपेक्षताको उदाहरण दिँदै आमिरले भने, ‘मेरो छोरी इराको विवाह एक हिन्दुसँग भएको छ। मेरा दुवै दिदीबहिनी निखत खान र फरहत खानका पति पनि हिन्दु हुन् र मेरा भाइ (कजिन) मन्सुरले पनि इसाई महिलासँग विवाह गरेका छन्।’
अभिनेता आमिर खान र उनकी पार्टनर गौरी स्प्र्याटले गत जुलाई ५ मा विवाह गरेका हुन्। उनीहरूले मुम्बईको बान्द्रास्थित आमिरको घरमा विवाहको कागजातमा हस्ताक्षर गरेका थिए। दुवै परिवारका सदस्य र केही निकै नजिकका साथीहरू मात्र उपस्थित रहेको उक्त निजी विवाह समारोहलाई ‘स्पेसल म्यारिज एक्ट’ अन्तर्गत कोर्ट म्यारिजका रूपमा दर्ता गरिएको छ।
आमिरको यस तेस्रो विवाहलाई लिएर राजनीतिक तथा धार्मिक वृत्तमा ठूलो विवाद खडा भएको छ। महाराष्ट्र सरकारका मन्त्री नितेश राणेले आमिर खान ‘लभ जिहाद’ को ब्रान्ड एम्बेसेडर बन्न खोजेको हो भन्दै प्रश्न उठाएका थिए। त्यस्तै, महाराष्ट्रकै अर्का मन्त्री सञ्जय शिरसाटले यो आमिरको निजी जीवन भए पनि यस्ता कुराले समाजमा गलत असर पार्न सक्ने टिप्पणी गरे।
विवाहको विरोधमा बजरंग दल लगायतका केही सङ्गठनहरूले आमिर खानविरुद्ध प्रदर्शन गर्दै उनको पुत्ला समेत दहन गरेका छन्। आमिरले जानाजानी गैर-मुस्लिम महिलाहरूसँग विवाह गर्ने गरेको उनीहरूको आरोप छ।
यसैबिच, आमिरको विवाहलाई लिएर उत्तर प्रदेशमा फतवा समेत जारी भएको छ। अलीगढमा यूपीका शाही चिफ मुफ्ती मौलाना चौधरी इफ्राहीम हुसैनले शरीयत अनुसार आफ्नो पुरानो धर्ममै कायम रहेको र इस्लाम धर्म स्वीकार नगरेको गैर-मुस्लिम महिलासँग विवाह गर्नु पूर्ण रूपमा गलत र नाजायज भएको बताए। मुस्लिम कानुन अनुसार यस्तो विवाह अवैध हुने र त्यसो गर्ने मुस्लिम पुरुष पनि धार्मिक रूपमा दोषी ठहरिने उनको भनाइ छ।
आमिरले सन् २०२५ मा आफ्नो ६० औँ जन्मदिनको अवसरमा गौरीसँगको सम्बन्धलाई सार्वजनिक गरेका थिए। आमिर जस्तै गौरी पनि पहिले नै विवाहित थिइन् र उनको ७ वर्षको एक बच्चा समेत छ। आमिर र गौरी एक-अर्कालाई विगत २५ वर्षदेखि चिन्दथे। सुरुमा राम्रो साथी रहेका उनीहरू पछि प्रेम सम्बन्धमा रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण