बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

अन्तिम समयमा बढेर बन्द भयो सेयर बजार

बिहीबार, ३२ असार २०८३, १५ : ३६
बिहीबार, ३२ असार २०८३

सारांश

  • नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको छ ।
  • कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म २५८२ अंकको हाराहारीमा रहेको बजार अन्तिम समयमा १५ अंकले सुधारिएको थियो ।
  • बिहीबार ३७१ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौं । कारोबारको अन्तिम समयमा देखिएको उत्साहले बिहीबार सेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो ।

आज दिनभर बजार परिसूचक घट्दो अवस्थामा थियो । कारोबार बन्द हुनुभन्दा ५ मिनेट अघिसम्म बजार २५८२ अंकको हाराहारीमा थियो । तर, अन्तिम समयमा बजारले एकैपटक झण्डै १५ अंकको सुधार हासिल गर्यो । योसँगै बजार बढेर बन्द भएको हो । 

आज १२१ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन छैन ।

बजारमा तीन कम्पनीको सेयर मूल्य १४ प्रतिशत भन्दा धेरैले बढेको छ । यी कम्पनीहरुमा एनआईबीएल ग्रोथको १४.९६ प्रतिशत, फस्ट माइक्रोको १४.६७ प्रतिशत र चिरखुवा हाइड्रोको १४.३४ प्रतिशत रहेका छन् । 

बिहीबार ३७१ कम्पनीको ९४ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

जसमध्ये सबैभन्दा धेरै कारोबार सिंगटी हाइड्रो इनर्जीको भएको छ । सिंगटीको २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै ८.५ प्रतिशत सानिमा डिभेन्चरको २३ करोड, एनआरएन इन्फ्राइस्ट्रकचरको २२ करोड, सेन्चुरी डिभेन्चरको १८ करोड र रिडि पावरको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप