बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रकारको उपचारमा सहुलियत दिन्छाैँ : मन्त्री थापामगर

बिहीबार, ३२ असार २०८३, १५ : ५८
बिहीबार, ३२ असार २०८३

हेटाैँडा । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ ।

बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्यमन्त्री किरण थापामगरले मन्त्रीस्तरीय निर्णय अनुसार नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशको सिफारिसमा पत्रकारलाई स्वास्थ्य सेवमा ५० प्रतिशत सहुलियत दिने जानकारी दिए ।

यहाँका प्रदेश अस्पतालले आइसियु, प्रयोगशाला, एक्सरे, सिटी स्क्यान, एमआरआई, भिडियो, एक्सरे सेवामा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

नेपाल पत्रकार महासङ्घ, बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले मन्त्रालयको सो निर्णयबाट पत्रकारहरू लाभान्वित हुने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप