सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध
बिहीबार, ३२ असार २०८३, २१ : १३
सारांश
- सिन्धुपाल्चोकको मेलम्ची र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
- धाप, गोब्रे, मेलम्चीलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टादेखि मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
- नदी तटीय क्षेत्रमा बाढी र भिरालो जमिनमा पहिरो जान सक्ने जोखिम बढेकोले आवश्यक तयारी र सतर्कता अपनाउन अपिल गरिएको छ ।
काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
बिहीबार बेलुका साढे ८ बजे विशेष सूचना जारी गर्दै विभागले तटीय तथा भिरालो क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरेको हो ।
सिन्धुपाल्चोकको धाप, गोब्रे, मेलम्चीलगायत आसपासका क्षेत्रमा पछिल्लो तीन घण्टादेखि मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ । सो क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना देखिएको छ ।
लगातारको वर्षाका कारण नदी तटीय क्षेत्रमा बाढी आउने र भिरालो जमिनमा पहिरो जान सक्ने जोखिम बढेको छ । विभागले नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा बस्ने सबैलाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन विशेष अपिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण