जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
टोकियो । जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारको लोकप्रियता पहिलो पटक ५० प्रतिशतभन्दा तल झरेको छ । अक्टोबरमा सत्तामा आएयता बिहीबार प्रकाशित एक सर्वेक्षणले सरकारको लोकप्रियता दर निकै घटेको देखाएको हो ।
जिजी प्रेसले गरेको पछिल्लो सर्वेक्षणअनुसार अहिले ताकाइचीको मन्त्रिपरिषद्प्रति जनसमर्थन ४९ प्रतिशत मात्र देखिएको छ । उनको सरकारप्रतिको समर्थनमा सबैभन्दा ठूलो गिरावट ६० देखि ७० वर्ष उमेर समूहका मतदातामा देखिएको छ । यो समूहको समर्थन गत महिना ६३.७ प्रतिशत रहेकोमा अहिले घटेर ३९.९ प्रतिशतमा झरेको छ ।
ताकाइचीका समर्थकहरूले अझै पनि जापानकी पहिलो महिला प्रधानमन्त्रीको नेतृत्व र विश्वसनीयतालाई समर्थनको मुख्य कारण मानिरहेका छन् । सरकारप्रति असन्तुष्टि जनाउनेहरूले भने अहिलेको सङ्क्रमणकालीन अवस्थामा सरकारबाट ‘धेरै आशा गर्न सकिँदैन’ भन्ने धारणा राखेका छन् । सरकारले ल्याएका ‘कमजोर नीति’ लाई पनि असन्तुष्टिको मुख्य कारण मानिएको छ ।
यसअघि फेब्रुअरीमा ताकाइचीले तल्लो सदनको आकस्मिक निर्वाचनमा ठूलो जित हासिल गर्दै आफ्नो सत्ताआधारलाई थप मजबुत बनाएकी थिइन् । युवा मतदाताहरूमा उनको कूटनीतिक कौशल, सरल स्वभाव र परिवर्तनको प्रतीकका रूपमा लोकप्रियता बढेको थियो ।
नोभेम्बरमा उनले आत्मनिर्णयमा रहेको ताइवानमाथि कुनै आक्रमण भए जापानले सैन्य हस्तक्षेप गर्न सक्ने धारणा सार्वजनिक गरेकी थिइन् । चीनले ताइवानलाई आफ्नो भूभाग मान्ने भएकाले यो धारणा जापानको चीनसँगको सम्बन्धमा ठूलो समस्या बनेको छ । यसै महिनाको सुरुतिर करिब १५० जापानी विद्वान् तथा प्राध्यापकहरूले राष्ट्रिय झण्डाको अपमानलाई अपराध मान्ने विधेयकलाई लिएर सांसदहरू विरुद्ध याचिका दिएका थिए ।
ताकाइचीको पक्षमा रहेको सकारात्मक पक्ष भने हालका महिनाहरूमा मुद्रास्फीतिमा आएको सुधार हो । यसअघि तीव्र मूल्यवृद्धिकै कारण उनका दुई पूर्ववर्ती प्रधानमन्त्रीको सरकारले छोटो समयमै बिदा हुनुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण