कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा माथि
सारांश
- सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ ।
- अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ मा बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका थिए ।
- यस तलब वृद्धिसँगै निजामती, जङ्गी र शिक्षकहरूको ग्रेडसहितको न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथिसम्म कायम भएको छ ।
काठमाडौँ । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च बनाउन र महँगीको चापलाई सम्बोधन गर्न तलबमानमा उल्लेख्य वृद्धि गरेको छ । जुन वृद्धि आजदेखि नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै कार्यान्वयनमा गएको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले जेठ १५ मा बजेट भाषण गर्दा कर्मचारीहरूको सुरु तलब स्केलमा १० प्रतिशतले वृद्धि गरिएको जानकारी दिएका थिए । पछिल्लो चार वर्षदेखि कर्मचारीको तलब नबढेको अवस्थालाई मध्यनजर गर्दै हाल कायम रहेको महँगी भत्तालाई समेत निरन्तरता दिई यो नयाँ व्यवस्था लागू गरिएको उनको भनाइ छ ।
बजेट वक्तव्यका क्रममा अर्थमन्त्री वाग्लेले सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गरिएको र कार्यसम्पादनका आधारमा पारिश्रमिक दिने पद्धतिको सुरुवात गर्न थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताएका थिए ।
नयाँ व्यवस्थाबाट कर्मचारीहरूले हाल खाइपाइ आएको पारिश्रमिकमा कुल करिब २१ प्रतिशतको वृद्धि भएको छ ।
यस तलब वृद्धिसँगै निजामती, जङ्गी र शिक्षकहरूको ग्रेडसहितको न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँभन्दा माथिसम्म कायम भएको छ । अर्थात् तल्लो तहका कर्मचारीको न्यूनतम ४० हजार र उच्च ओहोदामा १ लाखभन्दा बढी हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण