क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणमा प्रचण्डको जोड
सारांश
- इन्टरनेशनल पिपुल्स एसेम्बली (IPA) ले श्रीलङ्काको कोलम्बोमा 'Hands Off Asia' नामक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको छ।
- सम्मेलनमा नेपालका तर्फबाट प्रमुख वक्ता पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक विजय र पाठहरूमाथि चर्चा गर्दै असंलग्नता र समाजवादी निर्माण आजको आवश्यकता रहेको बताए।
- सम्मेलनमा श्रीलङ्काका मन्त्री, मार्क्सवादी लेखक विजय प्रसाद, र नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटा लगायतले विश्वव्यापी सैन्यीकरण, ऋण संकट, र वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका जस्ता विषयमा धारणा राखे।
कोलम्बो । इन्टरनेशनल पिपुल्स एसेम्बली' (IPA) को आयोजनामा तीन दिने Hands Off Asia अन्तर्राष्ट्रिय सम्मेलन श्रीलङ्काको कोलम्बोमा सुरु भएको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपालका एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले एसियाका कम्युनिस्ट आन्दोलनका ऐतिहासिक विजय र यस क्रममा सिकिएका कठिन पाठहरूमाथि गम्भीर चर्चा गरे।
बदलिँदो वैश्विक परिदृश्य र महाशक्तिहरूको तीव्र दबाबका बिच पनि असंलग्नताको नीति र समाजवादी निर्माण आजको दिनमा उत्पीडित राष्ट्रहरूका लागि सबैभन्दा महत्त्वपूर्ण लक्ष्य (क्षितिज) का रूपमा रहेको उल्लेख गर्दै उनले यसको राजनीतिक रूपरेखा प्रस्तुत गरे।
सम्मेलनमा श्रीलङ्काका क्याबिनेट वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को ऋणदाता कार्यक्रमको कठोर अनुशासन र सर्तहरूको सामना गर्दै कसरी जनपक्षीय मार्ग पहिल्याउन सकिन्छ भन्ने ठोस र कठोर यथार्थबारे आफ्नो धारणा राखे।
विश्वविख्यात मार्क्सवादी लेखक, इतिहासकार एवं 'ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च' का कोर्डिनेटर विजय प्रसादले विश्वभर विस्तार भइरहेको सैन्यीकरण, सार्वभौम ऋणको संकट, र उग्र-दक्षिणपन्थको उदयलाई आपसमा जोड्दै यी सबै घटनाक्रमहरू छटपटाइरहेको एउटै साम्राज्यवादी संरचनाका लक्षणहरू भएको भन्दै विस्तृत विश्वव्यापी परिवेशको चित्रण गरे।
तीन दिनसम्म चल्ने यस सेमिनारमा विभिन्न विषयगत राजनीतिक मुद्दाहरूमा छलफल हुनेछन्। सम्मेलनकै सिलसिलामा श्रीलंकामा रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटघाट गर्ने तालिका रहेको छ। यसैबिच, सम्मेलनको साइडलाईनमा उनले ल्याटिन अमेरिकी देशहरू क्युबा, भेनेजुएला र ब्राजिल लगायतका देशबाट आएका शीर्ष वामपन्थी नेताहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरे।
सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बली (IPA) का तर्फबाट 'वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका' विषयमा आफ्नो विशेष वैचारिक राखेको आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण