पशु वधशाला र मासु जाँच ऐन देशभर ३ चरणमा कार्यान्वयन गरिने, उपत्यका पहिलो प्राथमिकतामा
सारांश
- उपभोक्ताको स्वास्थ्य र स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न 'पशु वधशाला र मासु जाँच ऐन, २०५५' देशभर चरणबद्ध रूपमा कार्यान्वयन गरिने भएको छ ।
- ऐन तीन चरणमा लागू गरिनेछ, जसमा पहिलो चरणमा ४ महिनाभित्र काठमाडौँ उपत्यकाका स्थानीय तहहरूमा पूर्ण रूपमा लागू गरिनेछ ।
- यस ऐनको कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरूलाई पत्राचार गरी आवश्यक तयारी र व्यवस्थापनका लागि समन्वय गरेको छ ।
काठमाडौँ । सरकारले उपभोक्ताको स्वास्थ्य र स्वच्छ मासुको उपलब्धता सुनिश्चित गर्न ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ लाई देशैभर चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयको निर्णय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका सबै स्थानीय तहहरूलाई आवश्यक तयारी र व्यवस्थापनका लागि पत्राचार गरेको हो । मन्त्रालयले ऐन कार्यान्वयनको प्रक्रियालाई व्यवस्थित बनाउन स्थानीय तहहरूसँग समन्वय गर्दै काम अगाडि बढाएको हो ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको अध्यक्षतामा सिंहदरबारमा असार २६ गते बसेको बैठकले ऐन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
तीन चरणमा कार्यान्वयन
मन्त्रालयको निर्णय अनुसार यस ऐनलाई तीनवटा फरक–फरक चरणमा कार्यान्वयनमा ल्याइनेछ । जस अन्तर्गत पहिलो चरणमा नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले ४ महिनाभित्र काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सम्पूर्ण स्थानीय तहहरूमा यो ऐन पूर्ण रूपमा लागू गरिनेछ । यसैगरी दोस्रो चरणमा राजपत्रमा सूचना प्रकाशित भएको ६ महिनाभित्र देशभरका अन्य सबै नगरपालिकाहरूमा र तेस्रो चरण अन्तर्गत १ वर्षभित्र देशका सम्पूर्ण गाउँपालिकाहरूमा ऐन कार्यान्वयनमा ल्याउने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।
काठमाडौँ उपत्यकाका स्थानीय तहहरूमा ऐन कार्यान्वयनका क्रममा आउन सक्ने व्यावहारिक कठिनाइहरूलाई सहजीकरण गर्न विभागले एक विशेषज्ञ टोली खटाउने निर्णय समेत गरेको छ ।
पशु सेवा विभागले संघीय र स्थानीय सरकारबिच समन्वय गरी आवश्यक जनशक्तिको क्षमता विकास, तालिम सञ्चालन, तथा मासु निरीक्षक र मासु सुपरिवेक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णयमा उल्लेख छ । विभागले देशभरका पशु वधशाला, वधस्थल र मासु पसलहरूको हालको विवरण अद्यावधिक गर्ने तथा मासु जाँचका लागि आवश्यक पर्ने सामग्रीहरूको नमुना तयार पार्ने कार्य गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
-
त्रिवि केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा मनोपरामर्श इकाइको स्थापना
-
बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो तर घटेन मन्त्रीको सङ्ख्या
-
विद्युतीय पोल नसार्दा काकडभिट्टा–लौकही सडक विस्तार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण