१८ बर्षपछि रिमेक भयो चर्चित गीत 'चुलेसीमा' (भिडियो)
काठमाडौं - गायक, संगीतकार, एरेन्जर तथा गीतकार सुनिल वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले एक म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
सञ्जीव सिहंको आवाजमा रहेको 'किन राख्यौ चोखो मुटु तीखो चुलेसीमा' बोलको चर्चित गीतको म्युजिक भिडियो सुनोदले निर्देशन गरेका हुन् । निकै चर्चित यस गीतलाई सञ्जीव सिंहले रिमेक गरेका हुन् । प्रकट पंगेनीको शब्द रहेको यस गीत सुनिल वर्देवाले कम्पोज गरेका हुन् ।
सुनोदले निर्देशन गरेको भिडियोमा उनी आफैले अभिनय समेत गरेका छन् । अष्ट्रेलियाको मेल्बर्नमा छायांकन गरिएको भिडियोमा एन्जि मुल्मी श्रेष्ठसँग सुनोदलाई देख्न सकिन्छ ।
‘गीत आएको १८ वर्षपछि भिडियो रिमेक गरिएको हो ।’ निर्देशक सुनोदले रातोपाटीसँग भने, ‘यसको उद्धेश्य आदरणीय सुनिल दाईको सम्झना हो ।’ भिडियोको सुरुमा सुनिल वर्देवाको सम्झनामा ''In loving memory of late Sunil Bardewa Dai – “We miss you” लेखिएको छ ।
गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको २०७३ भदौ २८ गते निधन भएको थियो । काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनले गाएको गोरेटो अनि उस्तै छ गल्ली बोलको गीत निकै चर्चित छ ।
सुनोदले यसअघि विर्सन सक्दिन, सात समुन्द्र पारी लगायत अन्य केही गीतहरुको भिडियो रिमेक गरिसकेका छन् ।
गीत हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी र नेपालगञ्जको तापक्रम ४० डिग्री पुग्ने, काठमाडौँ र पोखरामा वर्षा
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण