प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
सारांश
- नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने मुख्य मागसहित युवाहरू सडक आन्दोलनमा उत्रिएका छन् ।
- उनीहरूले प्रदेशहरू खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्य राज्यको स्वामित्वमा राख्नुपर्ने, बैंकहरूको राष्ट्रियकरण गरिनुपर्ने माग राखेका छन् ।
- वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने र सिप तथा प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्ने माग समेत युवाहरूले उठाएका छन् ।
काठमाडौँ । नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्छ भन्ने मुख्य मागसहित युवाहरू सडक आन्दोलनमा उत्रिएका छन् । समृद्ध नेपालको आधारका लागि आगामी २०८७ सालभित्रै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने भन्दै युवाहरूको एक समूहले शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्रदेशहरूको खारेज गरी स्थानीय तहलाई बलियो बनाउनुपर्ने, १० सदस्यीय मन्त्रिपरिषद् बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई पूर्ण रूपमा राज्यको स्वामित्वमा राख्नुपर्ने माग राखेका छन् भने नेपालमा भएका सबै बैंकहरूको पूर्ण रूपमा राष्ट्रियकरण गरिनुपर्ने, समाजमा घट्ने अपराधहरू र अपराध अनुसन्धानका प्रक्रियाहरूलाई ध्यानमा राख्दै अपराधीहरूका लागि कडा भन्दा कडा सजायको कानुनी व्यवस्था हुनुपर्ने माग समेत राखेका छन् ।
सुकुमबासी, भूमिहीन किसान र जग्गाको टुक्रा समेत नभएका देशका वास्तविक नागरिकहरूको समस्या सधैँका लागि उन्मूलन गर्न वैज्ञानिक भूमि सुधार ऐन ल्याउनुपर्ने पनि आफूहरूको माग रहेको सडक आन्दोलन उत्रिएका युवा अर्जुन विश्वकर्माले बताए ।
साथै उनीहरूले हाल अध्यापन गराइँदै आएका शैक्षिक पाठ्यक्रमहरूको पुनर्लेखन गरी सिप र प्रविधिमा आधारित व्यावहारिक पाठ्यक्रम निर्माण गरिनुपर्नेमा समेत जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण