शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

शनिबार, ०२ साउन २०८३, १७ : ३८
शनिबार, ०२ साउन २०८३

सारांश

  • निहारिका राजपूत र बिनु यादवले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएर विरोध जनाएका छन् ।
  • गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी बजाएर प्रतीकात्मक विरोध गरेका हुन् ।
  • उनीहरूले आफ्ना मागहरूको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

काठमाडौँ ।  निहारिका राजपूत र बिनु यादवले शनिवार सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका छन् ।  गृहमन्त्री सुधन गुरुङसँग आफ्ना समस्या अवगत गराउन खोज्दा अवरोध भएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाएका हुन् । 

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै निहारिका राजपूतले पत्रकार र मेयर हुँदा आफ्नो मुद्दामा साथ दिएका रवि लामिछाने र बालेन्द्र साह अहिले सत्ता र शक्तिमा पुगेपछि मौन रहेको आरोप लगाइन् । पीडितहरूले सिंहदरबार प्रवेशका लागि पास भए पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै कुराएको गुनासो गरे । धर्नाका क्रममा प्रहरीसँगको घर्षणमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोट समेत लागेको उनीहरूको दाबी छ । 

निहारिकाले आफ्नो बलात्कारपछि जन्मिएको बच्चाको डीएनए परीक्षण, मिलापत्र स्वरूप भएको विवाह र त्यसपछि भोग्नु परेको घरेलु हिंसाका बारेमा उल्लेख गर्दै नयाँ सरकारबाट राखेको अपेक्षा निराशामा बदलिएको बताइन् ।

उनीहरूले गृहमन्त्रीले आफूहरूलाई बेवास्ता गर्दै पाँच वर्षीय बालकलाई समेत नाघेर गएको भन्दै आक्रोश व्यक्त गरे । आफ्ना मागहरूको उचित सम्बोधन र अनुसन्धान प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप