आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता

शनिबार, ०२ साउन २०८३, २३ : ४७
शनिबार, ०२ साउन २०८३

सारांश

  • जोर्डनमा इरानले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
  • सेन्टकमका अनुसार आक्रमणपछि घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।
  • जोर्डनको सेनाले रातको समयमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका १० वटा इरानी क्षेप्यास्त्रहरूलाई आकाशमै निष्क्रिय पारेको जनाएको छ ।

काठमाडौँ । शुक्रबार जोर्डनमा इरानले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । सैन्य अधिकारीहरूले यस घटनाको पुष्टि गरेका हुन् ।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार आक्रमणपछि घाइते भएका चार अमेरिकी सैनिकहरूलाई उपचारका लागि जोर्डनका अस्पतालहरूमा भर्ना गरिएको थियो । हाल उनीहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्। सामान्य घाइते भएका अन्य सैनिकहरू भने आफ्नो जिम्मेवारीमा फर्किसकेका छन् ।

यसअघि जोर्डनको सेनाले रातको समयमा आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका १० वटा इरानी क्षेप्यास्त्रहरूलाई आकाशमै निष्क्रिय (इन्टरसेप्ट) पारेको जनाएको थियो । यसबाट कुनै क्षति नभएको जोर्डनको सेनाले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबिचको अस्थायी युद्ध विराम सम्झौता ‘सकिएको घोषणा गरेसँगै अमेरिकी सेनाले इरानमाथि लगातार सातौँ रात पनि हवाई आक्रमण जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप