चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बलले कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट घर भई हाल चन्द्रागिरि नगरपालिका–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राईलाई आइतबार नियन्त्रणमा लिएको हो ।
देउलाले लागुऔषध कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपालको टोलीले १५ हजार क्याप्सुल ट्रामाडोलसहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
देउलाको कोठाबाट डाइजापम तथा फेरेनागन ट्याब्लेट एक हजार १८८ वटा, ट्रामाडोल तीन हजार ७७० वटा र पोलेन १५० वटासहित सुमित्रा राईलाई नियन्त्रणमा लिइएको हो। उनीहरूलाई आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण