सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु

सोमबार, ०४ साउन २०८३, ०० : ४८
सोमबार, ०४ साउन २०८३

सारांश

  • फिफा विश्वकप २०२६ को उपाधिका लागि युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिनाबीच ऐतिहासिक भिडन्त सुरु भएको छ ।
  • ट्रफी अनावरण समारोहमा स्पेनका टेनिस सुपरस्टार, आन्द्रेस इनिएस्टा र मारियो केम्पसले ट्रफी प्रदर्शन गरेका थिए ।
  • सन् १९६६ पछि ६० वर्षको अन्तरालमा यी दुई टोली विश्वकपको मञ्चमा दोस्रो पटक भिड्दै छन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित उपाधि भिडन्त सुरु भएको छ । विश्वविजेता बन्ने लक्ष्यका साथ युरोपियन च्याम्पियन स्पेन र साबिक विजेता अर्जेन्टिना मैदानमा उत्रिएका छन् ।

खेल सुरु हुनुअघि रंगशालामा भव्य समारोहकाबिच विश्वकप ट्रफी अनावरण गरिएको थियो । स्पेनका चर्चित टेनिस सुपरस्टारले ट्रफी अनबक्स (बाकस खोल्न) गर्न सहयोग गरेका थिए भने स्पेनका पूर्व अन्तर्राष्ट्रिय स्टार आन्द्रेस इनिएस्टा र अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय स्टार मारियो केम्पसले ट्रफीलाई समर्थकहरूका बिचमा प्रदर्शन गरेका थिए । फाइनल हेर्न अमेरिकी राष्ट्रपति डाेलाल्ड ट्रम्पपनि पत्नीसहित मैदानमा उपस्थित भएका छन् । 

विश्वकपको इतिहासमा स्पेन र अर्जेन्टिना आमनेसामने हुन लागेको यो केवल दोस्रो पटक मात्र हो । यसअघि सन् १९६६ को विश्वकपको समूह चरणमा मात्र यी दुई टोली भिडेका थिए, जहाँ अर्जेन्टिनाले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । त्यसयता ६० वर्षपछि यी दुई टोली विश्वकपको मञ्चमा पहिलो पटक भिड्दै छन्, जसले गर्दा यो ऐतिहासिक फाइनल झनै रोमाञ्चक बन्न पुगेको छ ।

विश्वकप बाहेक समग्र खेलहरूको इतिहासलाई हेर्दा भने दुवै टोलीको अवस्था निकै सन्तुलित र बराबरीको रहेको छ । हालसम्म यी दुई टोलीबिच भएका भिडन्तहरूमध्ये स्पेनले ६ खेल जितेको छ भने अर्जेन्टिनाले पनि ६ खेलमै जित दर्ता गरेको छ। त्यस्तै, दुई टोलीबिचका २ खेल बराबरीमा सकिएका छन् । दुवै टोली आजको खेल जित्दै इतिहासमा आफ्नो ऐतिहासिक पकड बलियो बनाउने दाउमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप