दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
काठमाडौँ । फिफा विश्वकप २०२६ को उपाधि भिडन्त अन्तर्गत स्पेनविरुद्धको फाइनल खेलमा साविक विजेता अर्जेन्टिना निकै दबाबमा परेको छ । दोस्रो हाफको खेल सुरु भइसक्दा पनि अर्जेन्टिनाले मैदानमा स्पेनको आक्रामक रणनीतिलाई रोक्न निकै संघर्ष गरिरहेको छ ।
मैदानको प्रत्यक्ष तथ्याङ्कले पनि अर्जेन्टिना कति ठूलो दबाबमा छ भन्ने स्पष्ट पारेको छ । खेलमा स्पेनले ६४ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेर लगातार आक्रमण बुनिरहेको छ भने अर्जेन्टिनाको बल पोजेसन केवल ३६ प्रतिशतमा मात्र सीमित बनेको छ । यो समाचार तयार पार्दासम्म स्पेनले अर्जेन्टिनाको गोलपोस्टमा ४ पटक प्रहार गरिसकेको छ, जसमध्ये २ वटा प्रहार सिधै पोस्टको दिशामा (शट अन टार्गेट) रहेका छन् । अर्कोतर्फ, निकै दबाबमा परेको अर्जेन्टिनाले हालसम्म स्पेनको पोस्टमा एक पटक पनि प्रहार गर्न सकेको छैन।
स्पेनको बलियो पासिङ र रणनीतिका अगाडि अर्जेन्टिनाका खेलाडीहरू मैदानमा बल खोस्न संघर्ष गरिरहेका छन् । स्पेनले ८९ प्रतिशत सटिक पासका साथ कुल ३४९ पास पूरा गरिसक्दा अर्जेन्टिनाले ८३ प्रतिशत एक्युरेसीका साथ मात्र २०७ पास खेल्न सकेको छ। दबाबकै कारण अर्जेन्टिनी खेलाडीहरूबाट मैदानमा बढी फलहरू भइरहेका छन्। अर्जेन्टिनाले हालसम्म ९ वटा फल गरिसकेको छ र टोलीका नाममा १ पहेँलो कार्ड आइसकेको छ। यस कडा दबाबपूर्ण स्थितिमा अर्जेन्टिनाले निर्धारित ९० मिनेटभित्र खेल जित्ने सम्भावना केवल २२ प्रतिशत मात्र देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण