कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
सारांश
- आर्थिक वर्ष २०८३/८४ का लागि कलङ्की क्षेत्रको जग्गाको नयाँ सरकारी मूल्याङ्कन कायम भएको छ ।
- मुख्य चक्रपथ क्षेत्रको जग्गाको मूल्य घटेको छ भने काठमाडौँ महानगरपालिकाका भित्री वडाहरू र चन्द्रागिरि नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गाको सरकारी मूल्य वृद्धि भएको छ ।
- नयाँ मूल्यसूची आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
काठमाडौँ । कलङ्की क्षेत्रमा पर्ने जग्गाको सरकारी नयाँ सरकारी मूल्याङ्कन कायम भएको छ ।
भूमि प्रशासन कार्यालयले कलङ्की क्षेत्रभित्र आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको नयाँ दररेटअनुसार मुख्य चक्रपथ क्षेत्रको जग्गाको मूल्य घटेको छ भने काठमाडौँ महानगरपालिकाका भित्री वडाहरू र चन्द्रागिरि नगरपालिकाका अधिकांश क्षेत्रमा जग्गाको सरकारी मूल्य वृद्धि भएको छ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको न्यूनतम मूल्य निर्धारण समितिको बैठकले साबिकको (आ.व. २०८२/०८३) दररेटमा परिमार्जन गर्दै नयाँ मूल्य तोकेको हो। पारित लिखतमा थैली अङ्क कायम गर्ने प्रयोजनका लागि तोकिएको यो नयाँ मूल्यसूची आगामी साउन १ गतेदेखि लागू हुनेछ।
नयाँ दररेट अनुसार मुख्य चक्रपथ (बल्खु–वनस्थली खण्ड) सँग जोडिएका जग्गाको मूल्यमा प्रति आना साढे तीन लाख रुपैयाँले गिरावट आएको छ। तर, कालिमाटी, सोल्टीमोड, कलङ्की, सीतापाइला र चन्द्रागिरिका भित्री पक्की तथा कच्ची सडक जोडिएका जग्गाको मूल्य भने प्रति आना ५० हजारदेखि २ लाख रुपैयाँसम्मले बढाइएको छ।
त्यसै गरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाका अधिकांश क्षेत्रका जग्गा र बाटो नभएका जग्गाहरूको मूल्याङ्कन भने अघिल्लै वर्षको दररेटलाई निरन्तरता दिइएको छ।
विभिन्न क्षेत्रका जग्गाको न्यूनतम मूल्याङ्कन (प्रति आना) र परिवर्तनको अवस्था झल्काउने एकीकृत सूची तल प्रस्तुत गरिएको छ:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण