अपडेट
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
मङ्गलबार, ०५ साउन २०८३, १५ : २८
सारांश
- प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएपछि शिक्षा मन्त्रालयले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएको छ ।
- शिक्षामन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार, मंगलबार अपराह्न ४ बजेको बैठकमा कर हटाइएको विषयसहित समसामयिक विषयमा छलफल हुनेछ ।
- प्याप्सन, एनप्याब्सन, हिसानसहितका निजी विद्यालय सञ्चालकका ३/३ जना प्रतिनिधिलाई बैठकमा बोलाइएको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शिक्षामा ३ प्रतिशत कर हटाएलगत्तै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाएका छन् ।
शिक्षा मन्त्रालयमा मंगलबार अपराह्न ४ बजेका लागि निजी विद्यालय सञ्चालकहरूलाई बोलाइएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । बैठकमा शिक्षामा ३ प्रतिशत कर हटाइएको विषयसहित समसामयिक विषयमा छलफल हुने सचिवालयको भनाइ छ ।
छलफलमा प्याप्सन, एनप्याब्सन, हिसानसहितका निजी विद्यालय सञ्चालक प्रतिनिधिलाई बोलाइएको छ । प्याब्सनमा महासचिव आरबी कटुवालले शिक्षा समता करसहित समसामियक विषयमा छलफलका लागि भनेर जानकारी प्राप्त भएको बताए । उनका अनुसार हरेक संस्थाका ३/३ जना प्रतिनिधिलाई मन्त्रालयमा आउन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण