बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसले घोषणा गर्‍यो कल्याण कोष

बुधबार, ०६ साउन २०८३, ०९ : ४५
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसले पार्टीका संस्थापक वीपी कोइरालाको स्मृति दिवसको अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ।
  • यस कोषबाट घरबारविहीन एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने र हाल १० लाख रुपैयाँ जम्मा भएको छ।
  • कोष, पार्टीका अन्य राजनीतिक विषय र अभियानबारे बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरिने कार्यक्रममा विस्तृत जानकारी दिइनेछ।

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर बुधबार मानव सहायता कल्याण कोष स्थापनाको घोषणा पनि गरेको छ। 

कोषको घोषणा गर्दै सभापति गगन थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए । कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने सभापति थापाले बताए । 

कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरिने पनि सभापति थापाले जानकारी दिए । 

कांग्रेसले बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गर्ने जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप