एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
सारांश
- सन् २०२६ को एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता (२० ट्वान्टी) को प्रारम्भिक चरणमा नेपाल समूह 'ए' मा अफगानिस्तान र जापानसँगै परेको छ ।
- समूह चरणका खेलहरू सेप्टेम्बर २४ देखि २६ सम्म हुनेछन्, जसमा शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
- नेपालको समूहमा अफगानिस्तान एसियाकै बलिया टोलीमध्ये एक हो ।
काठमाडाैँ। सन् २०२६ को एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता (२० ट्वान्टी)को प्रारम्भिक चरण (क्वालिफाइङ राउन्ड) को समूह विभाजन सार्वजनिक भएको छ । तालिकाअनुसार नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ ।
समूह चरणका खेलहरू सेप्टेम्बर २४ देखि २६ सम्म हुनेछन् । तीन टोली रहेको समूहमा प्रत्येक टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन्, जबकि अन्तिम स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपालका लागि सबैभन्दा ठुलो चुनौती अफगानिस्तान हुनेछ, जुन एसियाकै बलिया क्रिकेट राष्ट्रमध्ये एक हो । जापानविरुद्ध जित निकाल्दै अफगानिस्तानसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्न सके नेपाललाई अन्तिम आठमा स्थान बनाउन सहज हुनेछ।
यसैगरि, समूह ‘बी’ मा हङकङ, मलेसिया र ओमान रहेका छन् । क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश सिधै प्रवेश गरेका टोलीका रूपमा सहभागी हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण