सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सारांश
- नेपाल सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
- रिटमा सरकारको निर्णयले राज्य कोषको दुरुपयोग हुने र संविधानको भावनाविपरीत रहेको दाबी गरिएको छ ।
- विगतमा सांसदका स्वकीय सचिवहरू अवैध धन्दा, असुली, रातो पासपोर्ट काण्ड, भुटानी शरणार्थी प्रकरण र सुन तस्करी जस्ता गैरकानुनी कार्यमा मुछिएको रिटमा उल्लेख छ ।
काठमाडौँ । सङ्घीय संसद्का सदस्यहरूलाई निजी स्वकीय सचिव (पिए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता डा.प्रेमराज सिलवालले दायर गरेको उक्त रिटमा सरकारको निर्णयले राज्य कोषको चरम दुरुपयोग हुने र संविधानको भावना प्रतिकूल रहेको दाबी गरिएको छ ।
अधिवक्ता सिलवालले सरकारको उक्त निर्णय र राजपत्रको सूचना उत्प्रेषणको आदेशले खारेज गर्न माग गरेका छन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेशका साथै मुद्दालाई अग्राधिकार दिनसमेत माग गरिएको छ।
सरकारले एकातिर मितव्ययिता अपनाएर २० अर्ब बचत गर्ने लक्ष्य राख्ने र अर्कोतिर कार्यकर्ता पोस्ने गरी स्वकीय सचिवको व्यवस्था गर्नु ‘कपटपूर्ण र स्वेच्छाचारी’ भएको रिटमा उल्लेख छ।
सरकारले २०८३ साल साउन ४ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ को दफा २५ प्रयोग गर्दै सांसदहरूलाई पनि स्वकीय सचिवको सुविधा दिने गरी अनुसूची हेरफेर गरेको थियो ।
रिट निवेदनमा सांसदका निजी सहायकहरूको कुनै स्पष्ट योग्यता, क्षमता, अनुभव वा परीक्षा नचाहिने र उनीहरूको काम, कर्तव्य र अधिकारसमेत कानुनले नतोकेको उल्लेख गरिएको छ । विगतका उदाहरणहरू दिँदै रिटमा भनिएको छ, ‘अधिकांश निजी सहायकहरू अवैध धन्दा, असुली, रातो पासपोर्ट काण्ड, भुटानी शरणार्थी प्रकरण र सुन तस्करी जस्ता गैरकानुनी कार्यमा मुछिएका छन् । यस्तो अवस्थामा पुनः उही व्यवस्था ब्युँताउनु भ्रष्टाचारलाई प्रश्रय दिनु हो ।’
सांसदहरूले आफ्ना नातागोता वा व्यापारिक साझेदारलाई मात्र नियुक्ति गर्ने र कतिपय अवस्थामा नियुक्ति नै नगरी तलब आफैँ बुझ्ने गरेको विगतको विकृतिलाई पनि रिटमा स्मरण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण