शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे

शुक्रबार, ०८ साउन २०८३, १२ : ४९
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • नेकपा (एमाले) का नेता ठाकुर गैरेले नेपालको वर्तमान कूटनीतिक सञ्चालन र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्।
  • उनले प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय, परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयसमेत देशको कूटनीतिक अवस्थाबारे बेखबरजस्तै देखिएको टिप्पणी गरेका छन्।
  • गैरेले नेपालको कूटनीति कसको इसारामा चलिरहेको छ भन्दै सरकार, मन्त्रालय वा कुनै अदृश्य शक्तिको भूमिकामाथि प्रश्न उठाएका छन्।

काठमाडौँ। नेकपा (एमाले) का नेता ठाकुर गैरेले नेपालको वर्तमान कूटनीतिक सञ्चालन र सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। 

सामाजिक सञ्चालन फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशको कूटनीतिक अवस्था र राज्यका निकायहरूको अन्योलप्रति चासो व्यक्त गरेका हुन्।

नेपालको कूटनीतिको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै नेता गैरेले लेखेका छन्, ‘नेपालको आजको कूटनीति ! प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालय के गर्दैछन्? परराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालय बेखबरजस्तै देखिन्छन्।’ सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले सत्तारूढ दल नै सरकारका गतिविधिबारे बेखबरजस्तै देखिएको दाबी गरेका छन्।

संसद् र नागरिकको अन्योलता दर्श्याउँदै उनले अगाडि लेखेका छन्, ‘संसद्, राज्यका आधिकारिक निकाय र आम नागरिक सबै कुहिरोमा हराएको कागजस्तै अन्योलमा रहेको देखिन्छ।’

देशको परराष्ट्र नीति र कूटनीति कसको इसारामा चलिरहेको छ भन्ने विषयमा प्रश्न उठाउँदै गैरेले थपेका छन्, ‘गम्भीर प्रश्न उठेको छ, नेपालको कूटनीति कसले चलाइरहेको छ? सरकार, मन्त्रालय कि अरू नै कुनै अदृश्य शक्ति?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप