मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

नेपाली कांग्रेसले विपद् व्यवस्थापनसम्बन्धी ३ दिने विशेष प्रशिक्षण आयोजना गर्ने

मङ्गलबार, १२ साउन २०८३, १३ : ४३
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति तयार पार्न तीन दिने विशेष प्रशिक्षण आयोजना गर्दैछ।
  • प्रशिक्षण आगामी श्रावण १५, १६ र १७ गते काठमाडौँमा सञ्चालन हुनेछ, जसमा ४० जना युवा सहभागी हुनेछन्।
  • यस प्रशिक्षणले विपद् व्यवस्थापनमा स्वयंसेवक परिचालनको दीर्घकालीन योजनालाई सहयोग पुर्याउने कांग्रेसले जनाएको छ।

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्राकृतिक विपद् व्यवस्थापनका लागि दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले तीन दिने आन्तरिक विशेष प्रशिक्षण आयोजना गर्ने भएको छ।

प्रतिष्ठानको गत श्रावण १० र ११ मा बसेको छैटौँ बैठकको निर्णयअनुसार आगामी श्रावण १५, १६ र १७ गते काठमाडौँमा यो प्रशिक्षण कार्यक्रम सञ्चालन हुन लागेको हो।

पहिलो चरणको यस प्रशिक्षणका लागि इच्छुकहरूमध्येबाट छनोट गरिएका ४० जना युवाहरूलाई सहभागी गराइने प्रतिष्ठानले जनाएको छ। प्रशिक्षणलाई केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी प्राविधिक सिप र व्यवहारिक अभ्यासमा समेत जोड दिइनेछ।

प्राकृतिक विपद् व्यवस्थापनको क्षेत्रमा स्वदेश तथा विदेशमा लामो समयदेखि कार्य गरिरहेका विषय विज्ञहरूले प्रशिक्षकका रूपमा सहजीकरण गर्नेछन्। 

नेपाली कांग्रेसले यस प्रशिक्षणमार्फत भविष्यमा देशभर नै विपद् व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने दीर्घकालीन योजना अघि सारेको छ। प्रतिष्ठानका अनुसार आगामी दिनमा हरेक जिल्लामा विपद् व्यवस्थापन स्वयंसेवक को अवधारणा बमोजिम यो अभियानलाई विस्तार गरिनेछ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले मंगलबार विज्ञप्ति जारी गर्दै यस प्रशिक्षणले विपद्को समयमा जनस्तरमा प्रभावकारी कार्य गर्न सक्ने दक्ष युवा शक्ति निर्माणमा टेवा पुग्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप