एउटा यस्तो रेष्टुरेन्ट जहाँ हरेक दिन कुकुरले पार्टी गर्छन्
बर्थडे पार्टी, सक्सेस पार्टी, म्यारिज पार्टी, रिसेप्सन पार्टी, ब्रेकअप पार्टी, यी सबैबारे सुन्नुभएको होला त के तपाईंले कहिले कुकुर पार्टीबारे सुन्नुभएको छ ?
भारतको मुम्बईस्थित अंधेरीस्थित पेट्स इमोशन्स फूड एण्ड एभरिथिङ (पेफे) रेष्टुरेन्टका पाहुना कुकुर हुन्छन् । यहाँ उनीहरुका लागि विशेष प्रकारको खानेुकरा बनाइनुका साथै अन्य कुकुरसँग समय बिताउने र खेल्ने मौका पनि दिइने गरिन्छ ।
गराउनुपर्छ अग्रिम बुकिङः
यो रेष्टुरेन्ट कुकुरलाई ध्यानमा राखेर बनाइएको छ । खानाका लागि टेबलदेखि बस्ने कुर्सीसम्म कुकुरलाई आकर्षित गर्ने वस्तुले सजाइएका छन् । यतिमात्र होइन, कुकुरलाई उनीहरुको मालिकसँग बसेर खानका लागि विशेष कुर्सी पनि राखिएका छन् । रेष्टुरेन्टका संस्थापकका अनुसार उक्त रेष्टुरेन्टमा दैनिक सयवटा कुकुर आउँछन् जबकी विकेन्डमा बढ्दो भीडका कारण अग्रिम बुकिङ गराउनुपर्छ ।
एउटा छतमुनी सबैः
कुकुरको बर्थडे पार्टीका लागि पनि यहाँ विशेष व्यवस्था छ । रेष्टुरेन्ट सुरु गर्ने ‘ओह माई डग’ का दिपेन शर्माका अनुसार यहाँ मानिसहरु विशेषगरी आफ्नो कुकुरको जन्मदिन मनाउन आउँछन् । मुम्बईबाहेक यहाँ नासिक, पुणे र अहमदाबादसम्मका मानिसहरु आउँछन् ।
‘रिसोटो’ को अत्यधिक मागः
दिपेन शर्मा भन्छन्, ‘यो कुकुरको लागि विशेष रेष्टुरेन्ट हो । त्यसकारण हामी उनीहरुको स्वास्थ्यको विशेष ख्याल राख्छौं । यसलाई सुरु गर्नु अघि हामीले खानाको विषयमा धेरै नै अनुसन्धान गर्यौं । यहाँ पाइने सबै खानेकुरा हामी आफैंले तयार गरेका हौं । रेष्टुरेन्ट आउने कुकुरलाई सबैभन्दा धेरै रिसोटो नामको खानेकुरा मनपर्छ । यो एक मेक्सिकन डिश हो । हाम्रो संस्था जनावरका लागि काम गर्छ, यसकारण हामी कुनै जनावरलाई क्षती नपुर्याई कुकुरका लागि शाकाहारी खानेकुरा मात्र बनाउँछौं ।’ स्मरण रहोस्, यहाँ मानिसहरुका लागि पनि खानेकुरा पाइन्छ तर प्राथमिकता कुकुरलाई दिइन्छ ।
उनीहरुलाई पनि प्रेम चाहिन्छः
‘ओह माई डग’ का संस्थापक संकल्प शर्मा भन्छन्, ‘जनावर, विशेषगरी कुकुरलाई पनि प्रेमको आवश्यकता हुन्छ । कुकुरलाई केही समयका लागि घरको वातावरणभन्दा टाढा लैजाने उद्देश्यसहित यो रेष्टुरेन्ट सुरु गरिएको हो । यसो गर्दा उनीहरुलाई राम्रो महसुस हुन्छ र अरु कुकुरसँग खेल्ने मौका पनि मिल्छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण