ओखलढुंगामा एक युवाले भूत सम्झेर श्रीमतीलाई खुकुरी प्रहार गरेपछि !
रामहरि श्रेष्ठ
ओखलढुंगा–२१ औं शताब्दीको यो आधुनिक जमानामा देशका कयौं भूभागका मानिसहरु आझैपनि भुतप्रेतमा विश्वास गर्दछन् ।
कहिलेकाहीँ अन्धविश्वासकै पछि लाग्दा ठूलो दुर्घटना पनि निम्तन सक्छ भन्ने उदाहरण ओखलढुंगामा घटेको एक घटना बनेको छ ।
जिल्लाको खिजीदेम्वा गाँउपालिका ८ का ३८ वर्षीय हितबहादुर विकले सोमबार मध्यराती भूतले तर्साएको भन्दै निन्द्रामै श्रीमतीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
भूतको छाँया जस्तो लागेर सिरानी मुनीको खुकुरी झिकेर प्रहार गर्दा छेउमै सुतेकी श्रीमती गीतामाया विश्वकर्मालाई लागेर गम्भीर भएका भएकी हुन् ।
गीतामायाको टाउको, ढाड र पाखुरामा गहिरो चोट लागेको छ । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।
हितबहादुर भूत–भूत भन्दै चिच्याउँदै खुकुरी प्रहार गरेको बताइएको छ ।
उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
-
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण