जग्गा जासुसकी नायिकाको मृत्युको रहस्य खुल्यो, पुलिसले बतायो यस्तो
गुडगांव पुलिसले असमकी चर्चित मोडल, गायिका र नायिका बिदिसा बेजबरुआको आत्महत्याको मामलामा नयाँ रहस्य खोलेको छ । यो आत्महत्याको कारण बिदिसाका श्रीमानको विवाहेत्तर सम्बन्ध मानिएको छ । पुलिसले उनका श्रीमान निशित झालाई अदालतमा पेश गरेको छ जहाँबाट निशितलाई एक दिनको पुलिस रिमान्डमा पठाइएको छ ।
गुडगांव पुलिसले निशितसँगको सोधपुछपछि बिदिसाका श्रीमानले थुप्रै कुराबारे खुलासा गरेको जानकारी दिएको छ । उनका अनुसार बिदिसाले अन्तिम पटक फोनमा उनीसँग नै कुरा गरेकी थिइन् । फोनमा नै उनीहरुको बेस्सरी झगडा भयो । झगडाको कारण निशितका कुनै अन्य महिलासँगको प्रेम प्रसंग थियो ।
वास्तवमा झगडापछि निशितले बिदिसालाई थुप्रै पटक फोन गरेको बताइएको छ । बिदिसाको तर्फबाट कुनै जवाफ नआएपछि निशितले आफ्ना फ्ल्याटका ब्रोकरलाई फोन गरेका थिए त्यसपछि ब्रोकर उनको फ्ल्याटमा गएका थिए । निकै बेरसम्म जब कसैले पनि गेट खोलेनन् तब उनलाई शंका लाग्यो । निशिचलाई जानकारी दिँदै ब्रोकरले मानिसहरुको मद्दतले ढोका फुटाएका थिए ।
तर बिदिसा झुण्डिसकेकी थिइन् । ब्रोकरले नै यसबारे पुलिसलाई जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण