नवलपरासीमा बस र ट्रक ठोक्कियो : २ को मृत्यु, ३१ घाइते
बुटवल । आज विहान ३ बजेको समयमा नवलपरासीको कावासोती–१६ मा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर ३१ जना घाइते भएका छन् ।
घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना ७ ख ५६२९ नम्बको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ७७१९ नम्बरको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी कोहलपुर–४ का २३ वर्षीय सुरज बि.क. र कपिलवस्तुका २४ वर्षीय लक्ष्मण थारुको ज्यान गएको पुर्व नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रमेश थापाले दुईको मृत्यु भएको पुष्टि गरे ।
३१ घाइतेमध्ये १६ जना नवलपसारी कै कालिगण्डकी अस्पतालमा भर्ना गरिएको, चार जनाको मध्ये विन्दु अस्पतालमा र गम्भीर घाइते ११ जनालाई भरतपुर अस्पतालमा पठाइएको उनले बताए ।
उनका अनुसार ११ जना मध्ये ४ जनाको अवस्था निकै चिन्ताजनक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण