गृहमन्त्री बादल जन्मिएको गाउँ पुग्दा...
गुल्मी –गृहमन्त्री रामबहादुर थापा बादल शनिबार गुल्मीस्थित आफ्नो मुल घर दजाकोट पुगेका छन् ।
हेलिकप्टरमार्फत दजाकोट पुगेर उनले काकी सुमित्रा सोनारीसहित अन्य आफन्तजनसँग भेटघाट गरेका हुन् ।
सो पछि उनको सम्मानमा आयोजित कार्यक्रम स्थल पशुपति निम्न माध्यामिक विद्यालय पुगेका थिए । जहाँ उनलाई मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा सहितका जनप्रतिनीधि र अन्य समाज सेवीहरुले स्वागत गरेका थिए ।
मुसिकोटमा जन्मिएर राज्यको सबै भन्दा उच्च ओहदामा पुगेको भन्दै उनलाई नगरपालिकाले नागरिक अभिनन्दन गरेको हो।
अभिनन्दन पछि सम्बोधन गर्ने क्रममा उनले विगत सम्झिदै भने–‘ म यहीँ जन्मेको हुँ । सँगै खेलेका साथी संङ्गीहरुको नाम त अहिले भुलेँ तर मेरो सम्झनामा उनीहरु छन् । एक चोटी तीन जना लडेर रक्ताताम्मे भएको पनि मैले बिर्सेको छैन । अरु नेपालीहरुको जस्तै हाम्रो पनि मुग्लान पस्ने विवसताहरु थिए । त्यही विवशताले हामी २०१९ सालमा मुग्लान पस्यौं । पछि हामी चितवनमा आएर बस्यौं । यस बीचमा मैले यहाँ आएर आफन्त भेट्न पाइनँ ।’
उनले आफ्नो जन्भूमिको विकासमा सघाउ पुर्याउने आश्वासन पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण