नेपालगञ्जको चर्चित हत्या प्रकरण : १३ वर्षपछि योजनाकार पक्राउ, हत्यारा आफ्नै ससुरा !
बुटवल– प्रदेश ५ प्रहरीले नेपालगञ्जमा १३ वर्षअघिको चर्चित हत्या काण्डका अभियुक्त पक्राउ गरेको छ । सुनचाँदी व्यवसायी दीपक हेमकार र अरु चार जनाको हत्या काण्डका मुख्य योजनाकारलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो ।
सो हत्या काण्डका मुख्य योजनाकार हेमकारका आफ्नै ससुरा किशोरलाल सोनी रहेको खुलेको छ ।
२०६२ साल फागुन २३ गते नेपालगञ्जको सदरलाइनमा ८२ वर्षीय गुलावदेवी हेमकार, ६२ वर्षका जगदेव हेमकार, ४२ वर्षकी सीतादेवी हेमकार, ३२ वर्षका दीपक हेमकार र बाँके कुसुमका कामदार राम शनिच्चर चौधरीसहित पाँच जनाको घाँटी रेटेर हत्या भएको थियो ।
प्रदेश प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा मृतक दीपकका ससुरा किशोरलाल सोनीलाई मुख्य योजनाकारका रूपमा १३ वर्षपछि पक्राउ गर्न सफल भएको हो ।
बाँके जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौड्यालका अनुसार दीपकका ससुरा किशोरलालले आर्थिक कारणबाट ज्वाइँसहित एकै परिवारका चार जना र एक जना कामदारको समेत हत्या गर्ने योजना बनाएको खुलेको छ ।
किशोरलाल सुरुमा अर्कैकोमा सुन चाँदी मिस्त्रीका रूपमा काम गर्थे । नरसंहार हत्या काण्डापछि उनी लखनउको प्रियादर्शन कोलोनीमा बसोबास र त्यसको भुइँ तलमा ‘दीप ज्वैलर्स’ सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।
दीपक हेमकारसँग उनकी छोरी दीपाको विवाह भएको एक वर्षपछि जघन्य हत्या काण्ड भएको थियो ।
श्रीमानसहित पाँच जनाको हत्यापछि उनकी श्रीमती दीपा दुई वर्षपछि ८७ लाखमा दीपकको सबै सम्पत्ति बेचेर भारततिर बेपत्ता भएकी थिइन् । बाँके प्रहरी प्रमुख पोखरेलले उनको खोजी कार्य भइरहेको बताए ।
त्यतिबेला माओवादी जनयुद्ध र सङ्कटकाल लागेको बेला सेनासहित सुरक्षा निकायको बाक्लो उपस्थिति भए पनि व्यस्त नेपालगञ्ज बजारको माथिल्लो तलामा रहेको सुन चाँदी पसलमा तीनजनाको समूह प्रवेश गर्दै ५ जनाको हत्या गरी २९ लाख बराबरको सम्पत्ति लुटिएको थियो ।
त्यसैबेला अपराध अनुसन्धान विभागले कुकुरसहितको टोली झिकाएर अनुसन्धान गर्दा पनि अपराधीहरू पत्ता लगाउन सकेको थिएन । तत्कालीन अञ्चल प्रहरी प्रमुख राजेन्द्र सिंह भण्डारीले त्यस घटनाको अनुसन्धान गरेका थिए । लामो समयसम्म घटनाका अपराधी पत्ता नलागेपछि फाइल नै बन्द गरिएको थियो ।
लामो समयदेखि बन्द फाइल रहस्यमय चर्चित हत्या काण्डका बारेमा कार्यभार सम्हालेदेखि प्रदेश प्रहरी प्रमुख डीआईजी शेरबहादुर बस्नेतले आफ्नो पहिलो मिसन बनाउँदै आएका थिए । यो मिसनमा उनले बाँके प्रहरी प्रमुख पोखरेल लगायत मातहतका पूरै टिमको साथ लिएका थिए ।
अन्ततः बन्द फाइल र सर्वसाधरणमा गुमनाम बनेको १३ वर्षपछि हत्याका मुख्य योजनाकार पत्ता लाग्यो । यो घटनाको रहस्योद्घाटन भएसँगै नेपालगञ्जवासीमा खुशी छाएको छ ।
हत्यामा संलग्न दीपककी श्रीमती दीपासहित अरू संलग्नहरूको खोजी कार्य तीव्र पारिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सम्पत्तिकै कारण एक वर्षअघि छोरी दीपासँग विवाहको नाटक र पूरै परिवारको वंशनास गर्ने ससुरा किशोरलाल अहिले बाँके प्रहरी हिरासतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण