क्रिश्चियन धर्म प्रचारक बनेका सशस्त्र प्रहरी हवल्दार पक्राउ
बुटवल । सशस्त्र प्रहरी हवल्दार दिलिप बहादुर गुरुङ्ग क्रिश्चियन धर्म प्रचार तथा धर्म परिवर्तन गर्न प्रेरित गरेको आरोपमा पक्राउ परेका छन् ।
मंगलवार रातोपाटी अनलाइनले सरकारी प्रहरी कर्मचारी नै क्रियश्चियन धर्मको प्रचारक बनेको समचार प्रकाशन गरेको थियो ।
रातोपाटीले समाचार प्रकाशित गरेपछि स्थानीय प्रशासनले छानविनपछि उनलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका जवाननै क्रिश्चियन धर्मका नेता
समाचार प्रकाशित भएलगत्तै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल र सशस्त्र प्रहरी गुल्मका डिएसपी दिनेशबहादुर रायमाझी समेतलाई ध्यानआकृष्ठ गराइएको थियो ।
स्थानीय प्रशासनको समन्वयपछि सशस्त्र प्रहरीका हवल्दार तथा क्रिश्चियन धर्म प्रचारक गुरुङलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पाको क्राउन होटलबाट पक्राउ गरेको हो ।
पाल्पाका जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलका अनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशन र सशस्त्र प्रहरी कार्यालयका प्रमुखको आग्रहमा उनलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
पक्राउ गुरुङलाई सशस्त्र प्रहरीलाई बुझाइनेछ । आवश्यक छानविनपछि उनलाई विभागिय कार्वाही हुने सशस्त्र प्रहरीले जनाएको छ ।
गुल्मीका प्रमुख जिल्ला अधिकारी पौड्यालले भने गुरुङ सशस्त्र प्रहरीकै वाहलवाला हवल्दार रहेको खुलेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण